सडकमा चाउचाउ,  बिस्कुटको  खोल फाल्नेलाई ५० हजारसम्म जरिवाना

Advertisement

काठमाडौं । प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्नेलाई काठमाडौं महानगरपालिकाले कारवाही थालेको छ ।

महानगरले सहरलाई सफा राख्नका लागि जथाभावी फोहोर फाल्ने घर, पसल र पैदलयात्रीमाथि निगरानी बढाएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अब टोलीनै बनाएर शहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको हो ।

महानगरले तोकिएको स्थान र समयमा फोहोर फालेको नपाइएमा अनुगमन टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ । अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

महनगरले पहिलो चरणमा शहरलाई स्वच्छ राख्न जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना भएको महानगरका एक कर्मचारीले बताए । आफूले खाएको चाउचाउ वा बिस्कुटको खोल आफ्नै झोलामा राखेर सार्वजनिक स्थानको डस्टविनमा हाल्न उनले आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement