कुमारी बैंकको नाफा २७ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । कुमारी बैंकले अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको पहिलो ६ महिनासम्म स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ ।

बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पुगेको छ ।

तीन महिनाको अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैंया वृद्धि गरेको छ ।

बैंकले तीन महिनाको अवधिमा निक्षेपलाई ७२ अर्बबाट बढाएर ७५ अर्ब पुर्याउँदा कर्जा प्रवाह ६७ अर्ब ८२ करोडबाट बढाएर ७० अर्ब ७७ करोड पुर्याएको छ । यो आधारमा सीसीडी अनुपात ७८.०७ प्रतिशत कायम भएको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.८१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.२२ प्रतिशत, कस्ट अफ फण्ड ८.१२ प्रतिशत, बेसरेट ११.५५ प्रतिशत र ब्याजको स्प्रडदर ३.३८ प्रतिशत कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड मात्र छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुग्न बैंकलाई करिब १२ प्रतिशत पुँजी वृद्धि गर्न बाँकी छ ।

Advertisement

Advertisement

Advertisement