पूर्वकर्मचारीलाई राष्ट्र बैंकको निर्देशन: अन्य बैंकमा नियुुक्तिको लागि पूर्वस्वीकृति लिनुुस्

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्वडेपुुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीहरुलाई अन्य बैंक तथा वित्तीय संस्थाले  नियुक्त गर्दा  व्यवस्था राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुुपर्ने भएको छ ।

राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०६ को उपदफामा केही बुुँदा थप गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

यसअघि कायम रहेको व्यवस्थाअन्तर्गत राष्ट्र बैंकका डेपुुटी गभर्नर र कार्यकारी निर्देशक आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले तीन वर्षसम्म र बैंकको अधिकृतस्तरको कर्मचारीले आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुुई वर्षसम्म कुुनै पनि वाणिज्य बैंक वा वित्तीय संस्थामा कुुनै पनि हैसियतमा काम गर्न पाइँदैन र हुुँदैन पनि ।

उपदफाअनुसार तोकिएको समयावधि पूरा भएपछि कुुनैपनि वाणिज्य बैंक वा वित्तीय संस्थामा कुुनै पनि हैसियतमा रहेर काम गर्नको लागि सम्बन्धित डेपुुटी गभर्नर, कार्यकारी निर्देशक वा अधिकृतले बैंकको पूर्वस्वीकृति लिनुुपर्ने राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्रमार्फत भनेको छ ।

सोही परिपत्रअनुसार समयअवधि पूरा भएपछि राष्ट्र बैंकबाट अवकाशप्राप्त डेपुुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीहरुलाई कुुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्था संलग्न गराउनको लागि नियुुक्त गर्दा राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिए नलिएको एकीन गरेर मात्र नियुुक्त दिनुुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement