वाइडबडी खरिद छानबिन आयोगमा बस्न पाठकले गरे अस्विकार

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियाको बारेमा छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका एक सदस्य नरेन्द्र पाठकले आयोगमा बस्न अस्विकार गरेका छन् ।

सरकारले संसदीय उपसमितिले वाइडबडी खरिदमा अनियमितता भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

पराजुलीको संयोजकत्वमा रहेको आयोगमा पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेका छन् । ४५ दिनको समयसीमा तोकिएको आयोगले काम सुरु गर्न सकेको छैन ।

स्रोतका अनुसार कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानका लागि राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको टोलीमा पाठक संलग्न भएकाले पाठकले वाइडबडी छानबिन आयोगमा बस्न असर्मथता जनाएका हुन् । यस सम्बन्धि जानकारी पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि दिइसकेका छन् ।

संसदको सार्वजनिक लेखा समितिले भने वाइडबडी खरिदमा साढे चार अर्ब अनियमितता भएको निष्कर्ष निकालेको छ ।

Advertisement

Advertisement

Advertisement