एशियन लाईफको नयाँ बीमा योजना सार्वजनिक

Advertisement

काठमाडौं।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धि नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार बीमा योजना सार्वजनिक गरेको छ ।

यस ऐच्छिक सुविधा मार्फत बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत ५० लाख रुपैयाँ सम्म भुक्तानी पाउने छन् ।

यस कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालय मार्फत् सेवाग्राहीलाई घरदैलोमा बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षको  पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।

Advertisement

Advertisement

Advertisement