स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

Advertisement

काठमाडौं । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजारमा ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ ९एनआरएनए० युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिए ।

उनले ग्रामिण क्षेत्रमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्नु उक्त प्रतियोगिताको मुख्य उद्देश्य रहेको सुनाए । उनले भने, ‘यसका साथै ग्रामिण क्षेत्रमा पर्यटन विकास र प्रर्वद्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौं ।’
प्रतियोगिताको उद्धघाट्न सत्रमा स्थानीय सोरठी, घाँट’, कौडा, चुड्का, सालैजोलगायतका स्थानीय झाँक्रीहरु प्रर्दशन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जनाए ।

प्रतियोगितामा देशका ख्यातिप्राप्त कलाकारहरुको पनिसहभागी रहनेछ । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement