गोंगबुमा गोली चल्यो, एक जना घाइते

Advertisement

काठमाडौं । काठमाडौंको गोंगबुमा मंगलबार अपरान्ह गोली चलेको छ । हतियारको कारोबारी भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेको भन्दै प्रहरीले गोली चलाएको हो।

अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। तामाङको खुट्टामा गोली लागेको छ।

महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीका अनुसार प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको छ ।

Advertisement

Advertisement

Advertisement