उद्योग परिसंघले 'नेपाल उद्यमशीलता सम्मेलन' गर्ने

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो फागुन २ गते राजधानी काठमाडौंमा नेपालउद्यमशीलता सम्मेलन गर्ने भएको छ । परिसंघले बुधबार पत्रकार सम्मेलन गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहमति र सहयोगमा सम्मेलन गर्न लागेको जनाएको हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलता विकास कुनै एक संस्था वा व्यक्तिले गर्न सम्भव नरहेको भन्दै अहिले उद्योग वा उद्यमशीलताको विकास भन्दा अन्य क्षेत्रमा काम गर्ने प्रवृति बढ्दै गएकोले युवा समुदायलाई यसतर्फ आकर्षित गराउन आवश्यक देखिएको बताए ।

उनले युवा उद्यमशीलताको विकास कार्यक्रम सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्न यस प्रकारका सम्मेलनले थप सहयोग पुग्ने बताए । राष्ट्रपतिबाट उद्घाटन हुने जनाइएको यस सम्मेलनमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने, समापन समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने छन् । सम्मेलनमा सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीहरुले सम्बन्धित प्रदेशको उद्यमशीलता र रोजगारीका अवसरका बारेमा बोल्नेछन् ।

उद्यमशीलतालाई आर्थिक समृद्धिको सम्वाहकको रुपमा पहिचान गर्ने, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवं देश भरका नयाँ युवा उद्यमी बीचको सम्बन्ध विस्तारको प्रक्रिया र नेटवर्किङको पहिचान गर्ने, नयाँ प्रतिभा, प्रविधि, सिर्जनशीलतासँगै उद्यमशीलतालाई प्रवद्र्धन र संरक्षणको आवश्यकता सहित मैत्रीपूर्ण वातावरणको पहिचान गर्ने, विदेशमा रहेका युवाहरुलाई स्वदेशमै उद्योग तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्यसहित आयोजना हुने यस सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग–व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायी एवं विदेशी उद्यमीहरु, सातै प्रदेशबाट १५÷१५ जना युवा उद्यमीहरु नयाँ प्रविधि र कार्ययोजनासहित उद्यमशीलताको प्रवद्र्धनमा संलग्न युवा उद्यमीहरु, नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारी, योजनाविद्, अर्थविद्, राजनीतिज्ञहरु समेत गरी चारसय भन्दा बढीको सहभागिता रहने वताईएको छ ।

Advertisement

Advertisement

Advertisement