एनआईसी एशिया बैंकबाट सुनसरी जिप्रकालाई ब्यारीकेड र चेकिङ बोर्ड प्रदान

Advertisement

काठमाण्डौ । एनआईसी एशिया बैंकले  जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। उक्त सामाग्रीहरु एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सामग्री हस्तान्तरण गरे  ।

बैंकले सचेतनामुलक सूचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको हो। सुनसरी जिल्लाको सुरक्षामा सहयोग पुर्याउन भन्दै एनआईसी एशिया बैंकले उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी प्रहरीलाई सामग्री हस्तान्तरण  गरिएको बैकले जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement