एनआइसी एसियाले भाग्योदयलाई दियो कम्प्युटरहरु

Advertisement

काठमाडौं । एनआइसी एसिया बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंखरापुर– ६ साँखुस्थित भाग्योदय माविलाई केही थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिककी सभापति शशी श्रेष्ठ र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ उपस्थित कार्यक्रममा बैंकका प्रमुख जनसम्र्पक अधिकृत अर्जुनराज खनियाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई ती कम्प्यूटरहरु हस्तान्तरण गरेका हुन् ।

मुलुकभर २७५ शाखा, २८९ एटिएम, ३९ एक्स्टेन्सन काउन्टर, २३ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्ने आएको एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

Advertisement

Advertisement

Advertisement