भारतको ७०औं गणतन्त्र दिवसको अवसरमा कल्ववृक्ष समाजको शुभकामना

Advertisement

काठमाडौं । भारतको ७०औं गणतन्त्र दिवसको अवसरमा कल्पवृक्ष समाजले शुभकामना व्यक्त गरेको छ । नेपालभरका गरिव छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले विज्ञप्ति जारी गरी भारतीय स्वतन्त्र दिवसको अवसरमा शुभकामना दिएको हो ।

८४ बर्षीय वृद्ध श्यामप्रसाद उपाध्यायले संस्थापना गरेको यस संस्थाले सरकारी विद्यालयबाट एसईई अध्ययन पूरा गरेपछि आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेका युवतीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ ।

दाताहरुले दिएको पैसा साँवा खर्च नगर्ने र ब्याज मात्रै खर्चे, त्यस्तो ब्याज संस्थाको अन्य कुनै गतिविधिका लागि नभई छात्राहरुको अध्ययनमा मात्रै खर्च गरिने जनाउँदै उपाध्यायले यस अभियानको शुभारम्भका लागि आफूले एक लाख २५ हजार रुपियाँको अक्षय कोष आफूले खडा गरिसकेको बताए ।

काठमाडौंको आलोकनगर, नयाँ बानेश्वरमा कार्यालय रहेको कल्पवृक्षले छात्रवृत्ति प्रदान गर्न छु्टै नीतिसहित छनौट समिति बनाइने भन्दै उनले सहयोग संकलनका लागि बैंकहरुदेखि नेपाल सरकार, विदेशी दूतावास र दातृसंस्थाहरुसम्म पुग्ने बताए । उनले आफ्नो सामाजिक अभियानलाई साथ दिन चाहनेहरुले नबिल बैंकको नयाँ बानेश्वर शाखामा रहेको खाता नम्बर ३११००१७५२११४५ जम्मा गर्न सकिने बताए ।

Advertisement

Advertisement

Advertisement