डावोसबाट फर्किएका ओलीले भने- मैले नेपालको लोकतन्त्रबारे बताएँ

Advertisement

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार बिहान स्वेदश फर्किएका छन् । फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले बैठकमा आफूले लोकतन्त्र, यसमा प्रेसको भूमिकाका बारेमा विश्व समुदायका व्यक्तिसँग कुरा राखेको बताए ।

ओलीले डाबोसमा आफूले नेपालको वर्तमान राजनीति अवस्था, पर्यटनको सम्भवना, विदेशी लगानी, दिगो विकासका लागि नेपालले लिएको लक्ष्य बारे छलफल गरेको जानकारी गराए ।

स्विट्जरल्यान्डको डावोसमा ओली दुई वटा औपचारिक सत्रमा सहभागी भएका थिए । विश्व आर्थिक मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको बताइएको छ।

Advertisement

Advertisement

Advertisement