भारतीय गणतन्त्र दिवसमा नेपाललाई ३० वटा एम्बुलेन्स र छ वटा बस सहयोग (फोटोहरु हेर्नुहोस्)

Advertisement

काठमाडौं । भारतको ७०औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स र छ वटा बस सहयोगस्वरुप प्रदान गरेको छ ।

दूतावासमा शनिबार आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले विभिन्न जिल्ला अस्पताल र गैरनाफामुलक संस्थाहरुलाई चावी हस्तान्तरण गरे । सन् १९९४ यता भारतले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गर्न भन्दै ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन भन्दै नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने पनि घोषणा गरेको छ । गणतन्त्र दिवसको कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्नुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विभिन्न दलका नेता तथा सरकारी अधिकारीहरुसमेत दूतावासमा पुगेका थिए । सोही अवसरमा दुई वीर नारी, नौ एकल महिला र तीन मृतक सैनिकको निकटतम नातेदारलाई सात करोड २६ लाख रुपियाँ नगद तथा कम्मल वितरण गरिएको थियो ।

    

Advertisement

Advertisement

Advertisement