पहिलो पटक नेपालमा मिडिया एक्स्पो आयोजना हुँदै

Advertisement

काठमाडौं । आउँदो अप्रिल १२, १३ र १४ मा राजधानीको भृकुटीमण्डपमा मिडिया प्रदशनी आयोजना गरिने भएको छ। एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले प्रदर्शनी आयोजना गर्न लागेको हो । परियोजना प्रमुख डम्बर शाहले नेपालमै पहिलो पटक यस्तो प्रदर्शनी गर्न लागेको बताएका छन् ।

उनले मिडिया प्रदशनी नेपालको मिडिया क्षेत्रको समग्र बिकास र बिस्तारको लागि एक खुडकिलो हुने भन्दै भन्छन, ‘यस प्रदशनीले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम तथा ठूला गरि सबै प्रकारका सरकारी, गैरसरकारी तथा निजी लगानीबाट संचालित रप्रसारित र प्रकासित कम्पनी, संघसंस्था, लगानीकर्ताह, उपयोगकर्ताह, नीति निर्माता, नियमन निकाय एउटै छाता मुनि आउने सक्छन् ।’

आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ संस्थाहरुले सहभागित्ँ जनाउने अपेक्षा गरिएको छ भने हाल सम्म ३१ वटा कम्पनीले आफ्नो बुकिङ गरिसकेका छन । प्रदशनी करिब ४५ हजार दर्शकहरुले अवलोकन गर्ने आशा गरिएको साहुले बताए । ुु

प्रदर्शनीमा बोर्डकास्टिङ, आईसीटी, न्यु (अनलाईन) मिडिया र विज्ञापन एजेन्सीहरुको छुट्टाछुट्टै प्याभिलियन रहने छन् ।

Advertisement

Advertisement

Advertisement