सिटिसी मोबाईल हबमा मेघा एक्सचेञ्ज मेला

Advertisement

काठमाडौं । स्मार्ट मोबाईल फोनको लागि सुबिधासम्पन्न ठाउँ सुन्धारास्थित सिटिसी मोबाईल हबमा शनिबारदेखि एक हप्ताको लागि मेघा एक्सचेन्ज मोबाईल मेला सुरु हुने भएको छ ।

मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । मेलामा सबैभन्दा घेरै भेरायटी र सबै भन्दा धेरै मोबाइल ब्राण्ड उपलब्ध रहेको आयोजकको भनाई छ ।

मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पूरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोजकले जानकारी दिएको छ ।

मेला अवधिभर विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् । निःशुल्क पार्किङको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार पनि बितरण गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement