करिब एक करोडको लागतमा  ह्याण्डबल एकेडेमी निर्माण

Advertisement

काठमाडौं । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताएका छन् ।

एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला/पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ ।

४०/ २० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ । एकेडेमी उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताए ।

एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ । ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् ।

Advertisement

Advertisement

Advertisement