सामाजिक यथार्थ बोकेको चलचित्र ‘मुना मदन’ युट्युबमा (भिडियोसहित)

Advertisement

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित खण्ड काब्य ‘मुना मदन’मा आधारित नेपाली कथानक चलचित्र ‘मुना मदन’ दर्शकको रोजाईमा पर्न सफल भएको छ।  यस चलचित्र युट्युबमा सार्वजनिक भएको आज तीन दिन पुग्दा ट्रेन्डिङ नम्बर पाँचमा आइपुगेको छ । अहिलेसम्म यस चलचित्रलाई आठ लाख ३२ हजार चार सय ९० पटक हेरिएको छ।

‘मुना मदन’ नेपालको सबैभन्दा धेरै विक्री हुने र धेरै पढिने पुस्तक हो। महाकवि देवकोटाले लेखेको यो खण्ड काब्यलाई चलचित्रका निर्माता नवराज ढकाल, सन्तोष ढकाल, मुना ढकाल र अनमोल ढकालले निर्माण गरेका हुन् भने   ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । नवराज ढकालको निर्माण रहेको चलचित्रमा दीपक त्रिपाठी र उषा पौडेल मुख्य भूमिकामा छन् । शिवहरी पौडेल, सुभद्रा अधिकारी, विजय लामा, मिथिला शर्मा, दिनेश डिसी, शिवहरि पौडेल, रामचन्द्र अधिकारि, मदन मान बज्राचार्य, गजेन्द्र ताम्राकार लगायतका कलाकारहरु प्रस्तुत छन् ।

यो चलचित्रमा यस सामाजिक यथार्थलाई बर्णन गरि समाजका हरेक विषय वस्तुलाई समेटिएको छ।

[embed]https://www.youtube.com/watch?v=FfTA9DsvQnc[/embed]

 

Advertisement

Advertisement

Advertisement