इकोनोमिक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विकासन्यूज तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

इम्सनको उपाध्यक्षमा आर्थिकन्यूजका इन्द्रबहादुर बानियाँ, महासचिवमा कर्पोरेट नेपालका सीताराम विलासी, सचिवमा मेरोलगानीका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजारका डिल्लीप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा बिजशालाका सोमनाथ बास्तोला, मेरोअटो तथा चाणक्य मासिका रामकृष्ण गजुरेल, बिजखबरका रामराजा श्रेष्ठ र विजपाटीका मोहम्मदअज्माद अली निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना भएको बताए । उनले पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक वृद्धिसँगै उनीहरुको प्रभाव पनि बढ्दै गएको बताए ।

Advertisement

Advertisement

Advertisement