साताको सुरुमै नेप्से दोहोरो अंकले घट्यो, कारोबारमा अपर तामाकोशी अगाडि

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से १० अंकभन्दा बढिले घटेर एक हजार १६२ अंक कायम भएको छ भने ३४ करोड रुपियाँको सेयर कारोबार भएको छ ।

आज धेरै कारोबार गर्नेमा अपर तामाकोशी हाइड्रोपावर अगाडि रहेको छ । उसको तीन करोड २४ लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यसपछि धेरै कारोबार गर्ने नेपाल बैंकको एक करोड ६० लाख रुपियाँको कारोबार छ ।

समूहगत कारोबारतर्फ आज कुनै पनि समूहमा सुधार आउन सकेन् । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव ८४ अंकले घटेको छ । त्यसबाहेक जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ ।

Advertisement

Advertisement

Advertisement