अख्तियारकै कर्मचारी झण्डै चार लाख घुससहित पक्राउ

Advertisement

नेपालगन्ज । मुद्दा मिलाइदिने भन्दै एक ब्यक्तिसँग घुस लिइरहेको अवस्थामा अख्तियारकै कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असर्ई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो। स्रोतका अनुसार अधिकारीलाई नेपालगन्जबाट करिव ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो।

पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको बताइएको छ । यस विषयमा प्रतिक्रिया लिदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले आफूलाई जानकारी नभएको बताए। आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले आयोगमा कार्यरत एक जना कर्मचारी (असई) आयोगकै टोलीबाट पक्राउ परेको भन्ने कुरा आफूले सुनेको र एकिन जानकारी नभएको बताए।

‘म काम विशेषले गर्दा काठमाडौं आएको छु, आयोगको केन्द्रिय टोली पुगेर त्यहाँ एक जना आयोगकै कर्मचारीलाई पक्राउ गरेको भन्ने मैले पनि सुनेको छु,’ उनले टेलिफोनमा भने। आयोग सम्पर्क कार्यालय नेपालगन्जका एक कर्मचारीले नाम नबताउने शर्तमा अख्तियारको सुर्खेत कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारी घुससहित पक्राउ परेको पुष्टि गरे। ‘यस विषयमा आयोग केन्द्रिय कार्यालयले आधिकारिक रुपमा विज्ञप्ती निकालेर पक्कैपनि बताउँला, हामीले यस विषयमा धेरै कुरा बोल्न मिल्दैन,’ उनले भने।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement