आगलागीमा १ करोड ३८ लाखको सामान क्षति

Advertisement

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुटपटुवा गोदाममा आगलागी हुँदा करिव १ करोड ३८ लाख रुपियाँ बराबरको सामान क्षति भएको छ ।

स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४ सय ५० क्विन्टल धान, पाँच हजार मन जुट ९सनपाट पटुवामा जल्नाका साथै गोदाममा समेत क्षति पुगेकाले सो मूल्य बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

दुहबी, इनरुवा नगरपालिका र ईटहरी उपमहानगरपालिकाबाट गएको बारुणयन्त्रण, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement