एनसीसी बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका ।

सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवामा विशेष छुट व्यवस्था रहेको छ ।बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाका साथै ७४ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।