नेप्सेमा झिनो सुधार, कारोबार भने घट्याघट्यै

Advertisement

काठमाडौं । आइतबार दोहोरो अंकले घटेको सेयर बजार परिसुचक नेप्सेमा सोमबार भने झिनो सुधार भएको छ । आज नेप्से दुई दशमलव ७९ अंकले बढेर एक हजार १६४ दशमलव ७९ अं कायम भएको छ ।

सेयर कारोबारमा भने गिरावट कायमै रहेको छ । आइतबार ३४ करोडको कारोबार भएको सेयर बजारमा आज घटेर २२ करोडमा सीमित भएको छ । आज सिभिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै एक करोड ९५ लाख रुपियाँको कारोबार भएको छ ।

समूहगत कारोबारतर्फ अन्य, उत्पादनमूलक, जलविद्युत र होटलमा सामान्य गिरावट छ भने बाँकी समूहका उपसुचकहरुमा सामान्य सुधार देखिन्छ । सबैभन्दा बढि वित्त समूह एक दशमलव २३ प्रतिशतले बढेको छ ।

एकपछि अर्को समस्याले प्रभावित हुँदै आएको सेयर बजारमा पछिल्लो समयमा लगानीकर्तालाई कारोबार गर्दा प्यान नम्बर अनिवार्य गर्ने कुराले बजार प्रभावित भएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement