दूरसञ्चार क्षेत्रः आर्थिक संवृद्धिको इन्जिन

telecommunication

१) दूरसञ्चारको विकास
जहाँसम्म दूरसञ्चार प्रविधिको विकासको सुरुवाती कहिलेबाट भयो ? भन्ने सवाल छ, १६ औ शताव्दीमा ओवरहकी नामका वैज्ञानिकले तारमा बिद्युत प्रवाह गरी आवाज एक स्थानबाट अर्को स्थानमा पठाउन सकिने कुरा अगाडि सारेको पाइन्छ । सञ्चार जगतमा यो आफैमा ठूलो टर्निङ प्वाइन्ट थियो । त्यसपछि लामो समयको अन्तरालमा अर्थात सन् १७७० मा फेन्च इन्जिनियरले टेलिग्राफी सिस्टमको पार्दुभाव गरे । त्यसको ५० वर्षपछि टेलिग्रामको विकास भयो । जहाँ सन् १८५८ मा बेलायत र अमेरिकाबीच टेलिग्राम सुरुवात भयो ।

सन् १८७६ फेब्रुयरी १४ मा अलक्जेन्टर ग्रामबेलले टेलिफोनको आविस्कार गरे । त्यो दूरसञ्चार क्षेत्रको माइलस्टोन थियो । त्यसपछि दूरसञ्चार क्षेत्रले पछाडि फर्केर हेर्नु परेन । सन् १८८० मा यस क्षेत्रले अर्को फड्को मार्न पुग्यो, जहाँ पहिलो पटक वायरलेस प्रविधिको आविस्कार भयो । सन् १९२० मा अप्टिकल फाईबरबाट आवाज आदान प्रदान गर्न सकिन्छ भन्ने कुरा पत्ता लाग्यो । दूरसञ्चार क्षेत्रको संस्थागत र संगठितरुपमा विकास गर्नुपर्छ भन्ने सोच भइरहँदा सन् १९३२ मा रेडियो, टेलिफोन र टेलिग्राफ हेर्ने संस्थाको रुपमा अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू)को स्थापना भयो । दूरसञ्चार क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै सन् १९४७ मा आईटीयुलाई संयुक्त राष्ट्र संघको विशेषाधिकृत एजेन्सीको रुपमा स्वीकार गरियो ।

united

दूरसञ्चार क्षेत्रमा खोज अनुसन्धान हुँदै जाँदा सन् १९५७ मा स्याटलाईट प्रविधिको विकास भयो भने सन् १९८३ जनवरी १ मा औपचारिकरुपमा इन्टरनेटको सुरुवात भयो । सोही वर्ष सन् १९८३ मै सेलुलर मोवाइल फोनसमेत सुरुवात हुन पुग्यो । सन् १९८९ मा कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) र सन २००१ मा वाईम्याक्स प्रविधि पहिल्याइयो । सन् २०००–१९ को अबधिमा जिपिआरएस, ऐज, प्रिपेड कलिङकार्ड, नोटिसबोर्ड, आईभिआर, सिआरबिटी, होम कन्ट्री डाईरेक्ट सर्भिस, टल फ्रि, सिप, आईपिसिडीएमए, एडिएसएल, इभिडियो, एफटीटीएच, थ्रीजी, एलटिई जस्ता नबित प्रबिधिहरु दूरसञ्चार क्षेत्रमा बिकास हुन पुगेका छन् ।

२ .विश्वमा फिक्स टेलिफोन

 फिक्स टेलिफोनको डेन्सिटी सन् १९७५ ताका छ प्रतिशत रहेकोमा सन् १८८० मा सात दशमलव १४ प्रतिशत, सन् १९९० मा नौ दशमलव ७६ प्रतिशत, सन् २००० मा १५ दशमलव ९५ प्रतिशत, सन् २००५ मा १९ दशमलव ४४ प्रतिशत, सन् २०१० मा १७ दशमलव ७६ प्रतिशत, सन् २०१५ मा १४ दशमलव ३४ प्रतिशत हुँदै सन् २०१७ मा १३ प्रतिशतमा ओर्लिएको छ । त्यस्तै आईटीयूले सन् २०१८ मा यो आँकडा १२ दशमलवव ४ प्रतिशतमा ओर्लने आँकलन गरेको छ । प्रस्तुत आँकडाबाट विश्वमा फिक्स टेलिफोन प्रतिको आकर्षण घट्दै गएको तथ्य बुझ्न कठिन पर्दैन् ।

फिक्स टेलिडेन्सिटी सन् २००५ मा अफ्रिकामा एक दशमलव ५ प्रतिशत, अरब मुलुकहरुमा नौ दशमलव ४ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा १५ दशमलव १ प्रतिशत, कमनवेल्थ अफ इन्डिेपन्ड स्टेटमा २२ दशमलव ७ प्रतिशत, युरोपमा ४३ दशमलव ९ प्रतिशत र द अमेरिकामा ३३ प्रतिशत रहेकोमा सन् २०१७ मा अफ्रिकामा शुन्य दशमलव ९ प्रतिशत, अरब स्टेटमा सात दशमलव ९ प्रतिशत, एसिया प्रशान्त क्षेत्रमा नौ दशमलव ५ प्रतिशत, कमनवेल्थ अफ इन्डिेपन्ड स्टेटमा १९ दशमलव ९ प्रतिशत, मध्ययुरोपमा ३५ दशमलव ८ प्रतिशत र अमेरिकामा २३ दशमलव १ प्रतिशत पुगेको छ । त्यस्तै सन् २०१८ मा अफ्रिकामा शुन्य दशमलव ९ प्रतिशत, अरब स्टेटमा सात दशमलव ९ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा नौ दशमलव ५ प्रतिशत, कमनवेल्थ अफ इन्डिेपन्ड स्टेटमा १९ दशमलव ९ प्रतिशत, युरोपमा ३५ दशमलव ८ प्रतिशत र अमेरिकामा २३ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । प्रस्तुत आँडकाबाट २००५ को तुलनमा क्षेत्रगतरुपमा पनि फिक्स टेलिडेन्सिटी घटिरहेको प्रमाण मिल्दछ ।

३. विश्वमा सेलुलर मोवाइल

सन् १९९० मा विश्वव्यापी मोवाइल डेन्सिटी शुन्य दशमलव २११ प्रतिशत रहेकोमा सन् १९९५ मा एक दशमलव ५८ प्रतिशतभन्दा माथि पुगेन् । तर सन् २००० मा १२ दशमलव ०७ प्रतिशत उक्लिएको मोवाईल डेन्सिटी सन् २००५ मा आईपुग्दा ३३ दशमलव ९१ प्रतिशत, सन् २०१० मा ७६ दशमलव ५१ प्रतिशत हुँदै सन् २०१७ मा १०३ दशमलव ६ प्रतिशतमा पुगेको छ । त्यस्तै आईटीयुले सन् २०१८ मा यो आँकडा १०७ प्रतिशत पुग्ने आँकलन गरेको छ । प्रस्तुत आँडकाबाट विश्वमा मोवाईल फोनप्रतिको आकर्षण दिनानुदिन वृद्धि भइरहको प्रष्टै हुन्छ ।

मोवाईल डेन्सिटी सन् २००५ मा अफ्रिकामा १२ दशमलव ४ प्रतिशत, अरब राज्यमा २६ दशमलव ८ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा २२ दशमलव ६ प्रतिशत, कमन वेल्थ अफ इनडिपेन्ड स्टेटमा ५९ दशमलव २ प्रतिशत, युरोपमा ८९ दशमलव ३ प्रतिशत र दि अमेरिकाजमा ५२.१ प्रतिशत रहेकोमा, सन् २०१७ मा अफ्रिकामा ७४ दशमलव ४, प्रतिशत, अरब स्टेटमा १०१ दशमलव ९ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा १०४ प्रतिशत, कमन वेल्थ अफ इनडिपेन्डेन्ट स्टेटमा १३८ दशमलव ३ प्रतिशत, युरोपमा १२० दशमलव ४ प्रतिशत र अमेरिकामा ११८ दशमलव ८ प्रतिशत पुगको छ । त्यस्तै, सन् २०१८ मा अफ्रिकामा ७६ प्रतिशत, अरब स्टेटमा १०३ दशमलव १ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा १०९ दशमलव ७ प्रतिशत, कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा १३६ दशमलव ८ प्रतिशत, युरोपमा १२० प्रतिशत र अमेरिकामा ११२ दशमलव ८ प्रतिशत पुग्ने पूर्वानुमान गरिएको छ । प्रस्तुत आँडकाबाट क्षेत्रगतरुपमा पनि मोवाईल उपभोक्ता दिनानुदिन बृद्धि भइरहेको प्रमाण मिल्दछ ।
४. विश्वमा इन्टरनेट


सन् २००५ मा विश्वमा इन्टरनेट डेन्सिटी १५ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१० मा २८ दशमलव ९ प्रतिशत, सन् २०१५ मा ४३ प्रतिशत हुँदै २०१८ मा ५१ द्यशमलव २ प्रतिशत पुगेको छ । यसरी १३ बर्षमा मोवाईल डेन्सिटी ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । प्रस्तुत आँडकाबाट विश्वमा इन्टरनेट प्रतिको लगाव क्रमिकरुपमा वृद्धि भईरहेको दृष्टान्त मिल्दछ ।

सन् २००५ मा अफ्रिकामा एक दशमलव १ प्रतिशत, अरब स्टेटमा ११ दशमलव ३ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा ११ दशमलव ९ प्रतिशत, कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा १३ दशमलव ४ प्रतिशत, युरोपमा ३८ दशमलव ७ प्रतिशत र दि अमेरिकाजमा ३३ दशमलव १ प्रतिशत घरधुरीमा इन्टनेट सेवा पुगेकोमा सन २०१७ मा क्रमसः अफ्रिकामा १८ दशमलव ८ प्रतिशत, अरब स्टेटमा ५० दशमलव १ प्रतिशत, एसिया प्रसान्त क्षेत्रम ४९ प्रतिशत, कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा ७३ दशमलव ६ प्रतिशत, युरोपमा ८० प्रतिशत र अमेरिकामा ६७ दशमलव ६ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ । त्यस्तै, सन् २०१८ मा अफ्रिकामा २२ प्रतिशत, अरब स्टेटमा ५१ द्यशमलव ७ प्रतिशत, एसिया प्रसान्त क्षेत्रमा ५३ प्रतिशत, कमन वेल्थ अफ इन्डिपेन्डेन्ट स्टेटमा ७५ दशमलव ९ प्रतिशत, युरोपमा ८२ प्रतिशत र अमेरिकामा ६७० दशमलव ९ प्रतिशत घरमा इन्टरनेट पुग्ने आईटीयूको पूर्वानुमान छ । प्रस्तुत आँडकाबाट क्षेत्रगतरुपमा पनि इन्टरनेट एक्सेस वृद्धि भइरहेको जानकारी मिल्दछ ।

५. भारतमा दूरसञ्चार सेवा
सन् १८५० मा टेलिग्राफबाट दूरसञ्चार क्षेत्रमा प्रविष्ट गरेको भारतमा, सन १८८० मा दूरसञ्चार क्षेत्रको विकासका लागि ओरिन्टल एन्ड एङलो इन्डिया कम्पनी स्थापना भएको पाइन्छ । तथापि, औपचारिक रुपमा सन् १८८२ जुन २८ मा मात्र टेलिफोन कम्पनी स्थापना भयो । सन् १९०२ मा वायरलेस टेलिग्राफ स्टेशन र सन् १९१३ मा अटोमेटिक टेलिफोन एक्सचेन्ज स्थापना गरियो । दूरसञ्चार क्षेत्रमा नयाँ नयाँ विकास हुँदै जाँदा सन् १९७६ मा डिजिटल माइक्रोवेभ जक्सन खडा गरियो । दूरसञ्चार क्षेत्रलाई सर्बसुलभ, गुणस्तरीय बनाउन सन् १९७९ मा अप्टिकल फाईबर सिस्टम सुरुवात गरियो भने बिकट स्थानसम्म दूरसञ्चार सेवा प्रवाह गर्न सन् १९८० मा स्याटलाईट स्टेशन स्थापना भयो । त्यस्तै दूरसञ्चार क्षत्रमा विकास भएका नविन प्रविधिहरु भित्राउने क्रममा सन् १९८४ मा सि डट एक्सचेन्ज स्थापन भयो । सन् १९८५ पूर्बसम्म टेलिफोन र पोष्ट अफिसको कार्य एउटै विभागबाट भइरहेकोमा सन् १९८५ मा अलग्गै टेलिकम्युनिकेशन बिभाग स्थापन गरियो जहाँ मटिएनएललाई महानगरमा भिएसएनएललाई बाह्य क्षेत्रमा दूरसञ्चार सेवा पद्रान गर्ने जिम्मा प्राप्त दिइयो ।

भारत अहिले डिजिटल इन्डिया अभियानमा होमिएको छ । सबैलाई इन्टरनेटसँग जोडने गरी सन् २०१६ जुलाई १ मा प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डियाको अवधारणा अगाडि सारेका हुन । डिजिटल अभियान साकार पार्न ग्रामीण स्थानसम्म अप्टिकल फाईबर पुर्याई हाईस्पिड इन्टरनेटका माध्यमबाट ई–गर्भमेन्ट, ई–कमर्स, ई–हेल्थ, ई–सिग्नेचर डिजिटल लकर, अनलाईन रजिष्ट्रार लगायतका कार्य अगाडि बढाइदों छ । कुल छ लाख गाउँ मध्ये २.५० लाख गाउँमा अप्टिलक फाईबरमार्फत र ३५० गाउँमा वायरलेस प्रबिधिवाट इन्टरेनट सेवा उपलब्ध गराइउने लक्ष्य तय भएको छ । उक्त अभियान साकार पार्न नीतिगतरुपमा पनि, ‘नेशनल डिजिटल कम्युनिकेशन पोलिसी, २०१८’ अगाडि सारिएको छ ।

जहाँसम्म भारतमा दूरसञ्चार सेवामा पहुँचको सवाल छ, सन्् २००१ मा तीन करोड ७० लाख उपभोक्ताले मात्र दूरसञ्चार सेवा उपभोग गरेकोमा सन् २०१८ मा आइपुग्दा यो संख्या एक अर्ब १९ करोड पुगेको छ । वायरलाईनमार्फत दुई करोड २२ लाख र वायरलेसमार्फत एक अर्ब १७ करोड उपभोक्तलाई दूरसञ्चार सेवा उपलब्ध गराइएको छ । २०१८ मा कूल टेलिडेन्सिटी ९२ दशमलव ८४ प्रतिशत पुगेकोमा वायरलेशमा भोडाफोन आईडिया लिमिटेडको ४२ दशमलव ७६ करोड, एअरलेट डोकोमोको ३६ दशमलव २७ करोड, रिलायन्स जियोको २७ दशमलव ५ करोड बिएसएनएल ११ दशमलव ७० करोड र महानगर निगमको ११ दशमलव ७० करोड उपभोक्ता रहेको छन् । विश्व दूरसञ्चार उद्यमको १३ दशमलव ५ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पार्न सफल भारतले दूरसञ्चार क्षेत्रबाट बर्षेनी करिब २२ अर्ब डलर आर्जन गरिरहेको छ ।

६. चीनमा दूरसञ्चार सेवा
चीनले सन् १९४९ मा गणतन्त्रमा रुपान्तरण भएपछि दूरसञ्चार क्षेत्रमा ध्यान दिएको पाईन्छ । सन् १९५२ ताका राजधानी बेईजिङ केन्द्रीत दूरसञ्चार नेटवर्क सन् १९६३ मा बेजिङदेखि अन्य प्रान्तीय राज्यहरुमा बिस्तार गरियो । पाँचौ पञ्चबर्षीय योजनाकाल देखि (१९७१÷७५)बाट चीनले दूरसञ्चार क्षेत्रलाई बिशेष प्राथमिकता राख्न थाल्यो । सन् १९८६ मा स्याटलाईट नेटवर्क स्थापना भयो । जसको कारण विकट स्थानसम्म दूरसञ्चार सेवा पुर्याउन मद्दत मिल्यो । सन् १९८७ सम्ममा सबै प्रान्तहरुमा टेलिफोन बिस्तार भयो । सन् १९९० मा अप्टिकल सञ्जाल बिच्छ्याउन सुरु गरेकोमा सन् २००३ सम्मा २७ लाख किलोमिटर अप्टिकल फाईबर बिच्छ्याउन सफल भयो । अप्टिकल फाईबर विस्तारका कारण् गुणस्तरमा सुधार हुनुको साथै सेवाको लागतमा समेट कटौति हुन पुग्यो । सन् १९९०–२००० को अबधिमा दूरसञ्चार सेवालाई डिजिटाइजेशन मात्र गरिएन, बैदेशिक लगानी भित्राउने नीति अनुरुप इन्टरनेटमा ५० प्रतिशत, मोवाईलमा ४९ प्रतिशत, फिक्स टेलिफोनमा २५ प्रतिशत वाह्य लगानी अनुमति खुला गरियो । सन् १९९७ देखि २००२ को अबधिमा दूरसञ्चार क्षेत्रको औषत २० प्रतिशतका दरले बिकास हुन गयो ।

जहाँसम्म भारतमा दूरसञ्चार सेवामा पहुँचको सवाल छ, सन् २०१८ मा एक अर्ब ४० करोड जनसंख्या पुगेको चीनमा ७७ दशमलव २० करोड जनसंख्याको पहूँचमा इन्टरनेट सेवा पुगेको छ । यो हिस्सा कूल जनसंख्याको ५५ दशमलव ८ प्रतिशत र विश्वमा इन्टरनेट प्रयोगकर्ताको २२ प्रतिशत हो । विश्व कै सर्वाधिक ग्राहक आधार बनाउन सफल चाइना मोवाईलको पोल्टनमा सन् २०१८ मा ९२ करोड मोवाईल प्रयोगकर्ता रहेको ७४ करोडका उपभोक्ता छन् । फोरजी व्यापकरुपमा बिस्तार भएको चीनमा जेटटिई तथा हुवाबे जस्ता कम्पनीहरु फाईजीको तयारीमा जुटेका छन । हुवावेले सन २०२० सम्ममा फाइभजी पस्कने दावा गरेको छ ।

७. नेपालमा दूरसञ्चार सेवा
नेपालले टेलिफोन आविस्कार भएको ३७ बर्षपछि मात्र नेपालमा सन् १९१३ मा टेलिफोनको सुरुवात भएको थियो । सन् १९१४ ओपन वायर मेग्नेटो सिस्टममा आधारित टेलिफोन, सन् १९३४ मा टेलिफोन हेड अफिस र सन् १९४८ मोहन आकाशवाणीको यात्रा पार गर्यो । सन १९५९ मा विभाग, सन् १९६९ मा दूरसञ्चार समिति, सन् १९७५ मा दूरसञ्चार संस्थानमा रुपान्तरण भयो । दूरसञ्चार क्षेत्रमा निजी क्षेत्र भित्राउने राज्यको लक्ष्यअनुरुप सन् २००१ अक्टुबर १० मा युनाईटेड टेलिकमले अनुमति प्राप्त गर्यो ।

३१ बर्ष सार्वजनिक संस्थनको रुपमा रहेको नेपाल दूरसञ्चार संस्थान सन् २००४ फेब्रुअरी ५ मा नेपाल दूरसञ्चार कम्पनीमा रुपान्तरण गरियो । सन् २००३ नोभेम्बर १३ मा निजीतर्फ एसटिएम टेलिकम सञ्चार प्राईभेट लिमिटेड स्थापना भयो । सन् २००५ मे ३ मा निजीतर्फ नेपाल स्याटलाईट प्राईभेट लिमिटेड स्थापना भयो । सन् २००८ मे ९ मा निजी क्षेत्रमा स्र्माट टेलकम स्थापना भयो । सन् २०११ नेपालका तीन हजार ९१५ गाउँ बिकास समितिहरुमा स्थानीय टेलिफोन सेवा पुर्यो । सन् २०१२ आईपिसिडिएमए सेवा प्रारम्भ भयो । सन् २०१२ मे १९ देखि एकीकृत लाईसेन्स प्रदान खुल्ला गरियो भने सन २०१२ नोभेम्बर १२ मा वाईम्याक्स सेवा सुरुवात भयो । नेपाल टेलिकमले सन् २०१७ जनवरी १ मा ऐनसेलले २०१७ मे ३ मा र २०१७ अगष्ट १३ मा स्मार्ट टेलिकमले एलटिई फोरजी सेवा दिए ।

जहाँसम्म भारतमा दूरसञ्चार सेवामा पहुँचको सवाल छ, सन् २००४ जनवरी १४ सम्ममा स्थानीय टेलिफोन–३ लाख ७९ हजार २३५, पोष्टपेड मोवाईल (नेपाल टेलिकम)– ५७ हजार ५१, प्रिपेड मोलाईल– ५१ हजार पाँच सय, इन्टरनेट– ३० हजार, रेडियो पेजिङ– १२ हजार ६५०, जिएमपिएस २ सय १३ लाइन मात्र बितरण भएकोमा १५ बर्षको अबधिमा अर्थात सन् २०१८ नोभेम्बर १६ सम्ममा फिक्स टेलिफोन आठ लाख ५२ हजार, जिएसएम मोवाईल सेवा तीन करोड ७० लाख, सिडिएमए २० लाख ९६ सहित कूल तीन करोड ९१ लाख पुगेको छ । जहाँ भ्वाईसको टेलिलिडेन्सीटी १३६ दशमलव ६ प्रतिशत पुगेको छ ।

सोही अबधिमा एडिएसएल एक लाख १२ हजार एफटिटिएच/केबल दुई लाख २६ हजार, लिजलाईन इन्टरनेट ६३९, रेडियो (वाईफाई) दुई लाख ८२ हजार, वाइम्याक्स ८७ हजार तीन सय, थ्रीजी एक करोड तीन हजार, फोरजी २१ लाख ४४ हजार, इभिडियो एक लाख ९९ हजारसहित इन्टनेटका कूल उपभोक्ता एक करोड ६३ लाख पुगेका छन् । जससँगै इन्टरनेटको डेन्सिटी ५५ ८५ प्रतिशत पुगेको हो । यस अबधिमा बेसिक टेलिकम्युनिकेशन सेवा–२, बेसिक टेलिफोन सेवा–२, जिएसएम सेलुलर मोवाईल सेवा–२, नेटवर्क सेवा–१५, भिस्याट प्रयोगकर्ता–८ ईन्टरनेट सेवा (ईमेलसहित)– ९४, जिएमपिसिएस सेवा–२, ग्रामिण टेलिफोन सेवा–१, लिमिटेड मोबिलिटी सेवा–७, ग्रामिण भिस्याट सेवा–११, प्रिपेड कलिङकार्ड–१ गरी कूल १४९ सेवा प्रदायकहरुलाई बिभिन्न प्रकारका लाईसेन्सहरु प्रदान गरिएको छ ।

८. सामर्थ
(क) जीडीपीमा योगदान
गोलोबल टा्याक्स रिभ्यु रिपोर्ट, २००६÷७ ले १० प्रतिशत मोवाइल घनत्व वृद्धि हुँदा कूल गाहस्थ्य उत्पादन एक दशमलव २ प्रतिशत वृद्धि हुने देखाएको छ । अमेरिका, पश्चिमा युरोप, मध्य एसिया र हाम्रै छिमेकी भारत तथा चीनको अर्थतन्त्र मजबुत हुनुमा दूरसञ्चार क्षेत्रको ठूलो हात रहेको छ । पछिल्लो चरणमा संयुक्त राज्य अमेरिकामा फोरजी अबलम्बनको कारण जिडिपिमा दशौं बिलियन डलर बढोत्तरी आएको छ ।

(ख) राजश्वमा योगदान
विभिन्न मुलुकले दूरसञ्चार क्षेत्रमा आ–आफ्नै तरिकाले कर लगाउने गरेको छन् जहाँ सेवा प्रदायक संस्थाले सेवा सञ्चालनका लागि घरजग्गा उपयोगमा मालपोत तथा रजिस्टेशन दस्तुर, बस्तु तथा सेवा आयाातमा भन्सार महशुल, स्पेक्टम वा फ्रिक्वेन्सी उपयोग गर्दा लाईसेन्स दस्तुर, प्राप्त आयमा आय कर राज्यको ढुकुटीमा दाखिला गर्ने गरेका छन । त्यस्तै सेवाको उपभोगमा उपभोत्ताले स्वामित्व शुल्क, मूल्य अभिबृद्धि कर, सेवा शुल्क राज्य कोषमा जम्मा हुँदो छ ।

(ग) सामाजिक विकासमा योगदान
सूचना प्रविधिको अबलम्बनले आम नागरिकको जीबनशैली, सोच र चेतनास्तरमा सकारात्मक प्रभाव पर्दो छ । सूचना प्रविधि प्राकृतिक प्रकोपको पूर्व सूचना, जोखिम न्युनिकरण र विपद व्यवस्थपनमा सहयोगसिद्ध हुँदो छ । सूचना प्रविधिको विकासले सजिलै गर्न सम्भव नभएको काम सम्भव हुँदो छ । सूचना प्रविधिको उपयोगका कारण समय, श्रम र पैसाको बचत मात्र भएको छैन, हरेक मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक बिकासमा सहयोग पुग्दो छ । सूचानको पहूँच, सूचनाको अधिकार, ज्ञानमा आधारित समाज, ज्ञानमा आधारित उद्योग निर्माण दूरसञ्चार सेवा र सूचना प्रबिधिले अहम् भूमिका निर्वाह गरिरहेको छ ।

(घ) रोजगारी सिर्जना
दूरसञ्चार क्षेत्रमा भएको नयाँ नयाँ विकासका कारण रोजगारीका अवसर सिर्जनामा प्रत्यक्ष्य र परोक्ष्य रुपमा टेवा मिलेको छ । रोजगारीका अबसरहरु सिर्जना भईरहेका छन् । संयुक्त राज्य अमेरिकामा फोरजी सेवा सुरुवातीका कारण प्रत्यक्ष्य अप्रत्क्ष्यरुपमा हजारौ रोजगारीका अबसरहरु सिर्जना भएको छ । अप्टिकल फाइबर गाउँगाउँसम्म पुग्दा गाउँका युवातप्का लागि स्वरोजगारको मार्ग प्रशस्त भएको छ । भारतमा मात्र प्रत्यक्षर २० लाख र अप्रत्यक्ष २० लाख गरी कूल ४० लाख मानिसले यसक्षेत्रबाट रोजगारी प्राप्त गरेका छन ।

(ङ) बिद्युतीय सेवा
इन्टरनेटको कारण भर्चुयल अफिस, भर्चुयल मार्केट प्लेस, ई–कमर्स, ई–लर्निङ, ई–गर्भनेन्स, ई–लाईबेरी ई–डिस्टेन्स लर्निङ ओपन युनिभर्सिटी दूरसञ्चार प्रविधि कै कारण सम्भब भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स वा इन्टरनेट अफ थिंग्स (आईवटी) सम्भब हुनु सूचना प्रबिधिको कमाल हो । इजारायल जस्तो मरुभूमिमा कृषि क्षेत्र सफल हुनमा सूचना प्रबिधिको ठूलो हात छ । ब्रिटेन, अमेरिका वा कुनै मुलुकको नाम चलेको अस्पताल वा डाक्टरबाट चेकजाँच अर्को मुलुकमै बसेर अनलाईनमार्फत नाम दर्ता, फि जम्मा, नेट क्यमारावाट जाँच तथा उपचार गराउन सम्भब हुनुमा सूचना प्रबिधिको कमाल हो । सूचना प्रबिधको प्रयोगले राज्यलाई सर्बसाधारण समक्ष पुग्न र आफ्ना क्रियाकलापलाई पारदर्शी बनाउन थप मद्दत पुर्याएको छ ।

९. कमजोरी
(क) सामाजिक असमानता
सन् २०१८ मा विश्वव्यापी डाटा डेन्सिटी ५१.२ प्रतिशत रहेकोमा विकसित मुलुकमा ८० दशमलव ९ प्रतिशत, विकासशील मुलुकमा ४५ दशमलव ३ प्रतिशत हुँदा अतिकम विकसित मुलुकमा १९ दशमलव ५ प्रतिशत मात्र छ । अरब क्षेत्रमा ५१ द्यशमलव ७ प्रतिशत, एसिया प्रशान्त क्षेत्रमा ५३ प्रतिशत, अमेरिकामा ७० दशमलव ९ प्रतिशत, युरोपमा ८२ प्रतिशत हुँदा अफ्रिकामा २२ प्रतिशत छ । त्यस्तै इन्टरनेटको पहुँचमा लिंगीय समानता कायम हुन सकिरहको छैन । सन् २०१८ मा विश्वव्यापीरुपमा इन्टरनेट उपयोगमा महिला १२ प्रतिशत कम रहेको छ, अझ अफ्रिकामा २५ प्रतिशत कम रहेको छ ।

(खं) डाटा स्पिड
विकासोन्मुख तथा अतिकम विकसित मुलुकमा इन्टरेनटको स्पिड अत्यन्त नाजुक छ । अडकी अडकी चल्ने वा चाहेको फाईल डाउनलोड हुननसक्ने सकसबाट उपभोक्ता पीडित छन् । व्रोडब्यान्ड इन्टरनेटको बेन्चमार्क अमेरिकामा २५ एमबिपिएस, दक्षिण कोरियामा २९ एबिपिएस हुँदा नेपाल तथा भारतको ५१५ केबिपिएस मात्र छ । भारत तथा नेपालमा थ्रीजी वा फोजी इन्टरनेट बितरण गरे पनि सो अनुरुप स्पिड उपलब्ध गराईएको छैन । २०१६ मा इन्टरनेटको पिक कनेक्सन दर भारतमा २५ एमबिपिएस हुँदा सिंगापुरमा त्यो भन्दा ६ गुना अधिक अर्थात १४६ एमबिपिएस मात्र रहेको नजिर छ ।

(घ) क्लाउड सेक्युरिटी
मोवाईल बैंकिङ पासवर्ड सुरक्षा, प्लेकेशनको पासवर्ड ह््याकिङ, फेसबुकबाट हुनसक्ने स्क्यान्डल निरुपण कम्ति चुनौतिपूर्ण छैन । कुनै एप्लिकेशनको नाजायज प्रयोग रोक्नु त्यतिकै सकसपूर्ण छ । बिगतमा फेसबुकको कारण रसियाको चुनाबी नतिजा प्रभाबित भएको आलोचना स्वयम फेसबुकले खेप्नु परेको नजिर छ । त्यस्तै, क्लाउड व्यवस्थापन, क्लाउड प्राईभेसी, क्लाउड एक्सप्लोजन आफैमा चिन्ताको बिषय भएको छ । क्याउड फुकुसीको आँणबिक भट्टी सरह विस्फोटनीय रहेको कुरा क्वाउड पीडितहरुको कथन छ ।

(ङ) सामाजिक अशान्ति
इन्टरनेटको कारण चाहिने नचाहिने अनेकन विकृति भित्रँदो छ । इन्टरनेटप्रदत्त सामाजिक सञ्जालमा रणभुल्लिदा पारिवारिक सम्बन्ध निरस बन्दो छ । इन्टरनेटको भलेभाँती पहिचान नगरी प्रयोग गर्दा नयाँ पिडी एकलकाटे बन्दो छ । साईबर अपराधले डेरा जमाउँदो छ । इलेक्ट्रिक गार्भेज बढदो छ । सिर्जनशीलता गुमाई मानिस डिजिटल स्लेभ बन्दो छ । किशोर किशोरीहरुलाई प्रोनोग्राफीबाट मुक्त राख्न नसक्दा यौनदूराचार निम्तिएका छन् । अमेरिका बच्चा बच्चीद्धारा औषत दैनिक १२ टेलिफोन, मोवाईल, इन्टरनेट वा यस्तै सूचना प्रबिधिको क्षेत्रमा व्यतित हुँदो छ । जसको सिधा नकारात्मक असर अध्ययन र सिर्जनशीलतमा नपर्ने कुरै हुँदैन । अहिले फेसबुकमा मात्र दुई अर्ब मानिस आबद्ध छन् । उत्पादनमुलक क्षेत्रमा लगाउन सकिने समय अनलाईन मै ब्यतित हुन राम्रो कुरा पक्कै होईन ।

(च) डिजिटल डिभाईड
बिश्वको कुल जनसंख्या मध्ये चार अर्ब शहरमा र तीन अर्ब ४० करोड मानिस ग्रामीण क्षेत्रमा बस्छन् । जसले गर्दा शहरमा थ्रीजीको पहुँच ८९ प्रतिशत मानिसमा पुग्दा गाउँका २९ प्रतिशत मानिसले मात्र थ्रीजी उपभोग गर्न पाएका छन । सन् २०१८ सम्ममा ४८ दशमलव ८ प्रतिशत अर्थात तीन अर्ब ७८ अर्ब मानिस ईन्टरनेटको पहूँचवाट टाढा छन । जसमा, अफ्रिकामा ७८ प्रतिशत, अरब क्षेत्र ४८ दशमलव ३ प्रतिशत, एसिया तथा प्रसान्त क्षेत्रमा ४७ प्रतिशत, कमन वेल्थ इन्डिपेन्डेन्ट स्टेटमा २४ दशमलव १ प्रतिशत, युरोपमा १८ प्रतिशत र अमेरिकामा २९ दशमलव १ मासिस इन्टरनेट सेवाबाट बन्चित छन् ।

(छ) रेडियसनको असर
एक अध्ययनले सही तरिकाबाट स्थापना नगरिएको बेस स्टेशनलको कारण वरिपरी रहेको सबैलाई क्यान्सर भएको देखाएको छ । मोवाईल रेडियसनको कारण ब्रेन क्यान्सर, ट्यूमर जस्ता रोग लाग्ने, टाउको दुख्ने, सोच्ने, सिक्ने र सुत्ने तौरतरिकामा नकारात्मक असर पर्ने बताइन्छ । मोवाईलमा १०-१५ मिनेटभन्दा अधिक समय लगातार कुराकानी गर्नुलाई दिमाग पकाउनुको संज्ञा दिइन्छ । गर्भवती महिलामा परेको विकिरणको प्रभाब पेटभित्रको रहेको भ्रुणमा समेत पर्ने देखिएको छ ।

मो. ९८५११९९५७७