डोटेलीलाई भारु साट्न भारत जानुपर्ने बाध्यता

Advertisement

डोटी । नेपालमा भारितीय नोट सटही गर्न बन्देज लगाइएपछि डोटी जिल्लाका स्थानीयलाई नोट साट्न भारत धाउनुपरेको छ ।  पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा जिल्लाबासी  भारतका विभिन्न शहर जाने गरेका छन् ।

भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् ।  केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाही भन्छन “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,”

गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताउनुभयो । उनले भने, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”

Advertisement

Advertisement

Advertisement