यूएईले नेपालालई दियो २५५ रनको चुनौती

Advertisement

काठमाडौं । तीन एकदिवसीय क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा  संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालालई २५५ रनको चुनौती दिएको छ।

टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको हो । नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए । सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शुन्यको अवस्थामै विनोद भण्डारीबाट क्याच आउट गराइ पेभेलियन पठाए ।

पहिलो पावरप्ले सकिँदा नेपालले  युएईलाई १४ रनमा रोकेको थियो। यो रन एक दिवसीय क्रिकेटकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम हो । पावर प्लेमा सबैभन्दा कम रनको रेकर्ड भारतले बनाएको छ। श्रीलंकाविरुद्ध एक वर्षअघि भएको खेलमा भारत १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमा समेटिएको थियो ।

युएईविरुद्ध २० औं ओभरमा सन्दीप लामिछानेले १८ रन बनाएका गुलाम साब्बरलाई एलबीडब्ल्युमा पारे । २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराउँदा नेपालले चौथो सफलता पायो ।

करण केसीले चुन्डोपिल रिजवानलाई ४५ रन बनाएको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपाललाई पाँचौ सफलता मिल्यो । पाँचौ विकेट गुमाएपछि सम्हालिएको युएईका शैमान अनवर र मोहम्मद बुताले उत्कृष्ट ब्याटिङ गर्दै खेलमा फर्काए । अनवरले ८७ रन जोड्न सफल भए भने बुताले ५९ रन बनाए।

Advertisement

Advertisement

Advertisement