चीनले कोटेश्वर–कलंकी सडक नेपाललाई हस्तान्तरण गर्यो

Advertisement

काठमाडौं।  चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। काठमाडौंको २७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो खण्ड चीन सरकारले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत हउ याङईले नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीलाई विस्तारित कोटेश्वर-कलंकी खण्डको चाबी हस्तान्तरण गरेका हुन्।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो। करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सो सडक खण्डको उद्घाटन गरेका थिए।कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे।

चीनसँग नेपालको हिमाल र नदीको सम्बन्ध छ। यो सम्बन्धलाई विकास निर्माणको कार्यमा हुने सहयोगले अझै प्रागड बनाएको प्रधानमन्त्रीले बताए। बिजुलीको पोल र रुख समयमै नहटाउँदा चक्रपथ विस्तारमा केही असहज भएको थियो। अब चक्रपथको कलंकी- महाराजगन्ज खण्ड विस्तार गर्दा त्यस्तो समस्या आउन नदिने ओलीले प्रतिवद्धता गरे।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिवद्ध रहेको बताइन्।

Advertisement

Advertisement

Advertisement