सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सन नेपालका विभिन्न बीमालेखहरु मेगा बैंकका सम्पूर्ण शाखाहरुमार्फत उपलब्ध हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement