यस बर्षको क्यान इन्फोटेकमा डीजीआई र क्रेनका उत्पादनहरु पनि राखिने

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि हुन लागेको सुचना प्रविधिसम्वन्धी मेला क्यान इन्फोटेकमा आइएमएस ग्रुपलेअन्तर्गतको आइएमएस लिटल स्माइल्स्ले डीजीआई र क्रेनका ड्रोन क्यामराहरु पनि राख्ने भएको छ ।

कम्पनीले क्यान इन्फोटेकको स्टल नं ए२३ मा आफ्नो उपस्थिति रहने जनाएको छ । डीजीआई क्यामरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भएको बताउँदै लिटल स्माइल्सले यसका उत्पादनहरु क्यामरा ड्रोन, एरियल फोटोग्राफीको स्टेबराइजर र भिडियोग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात रहेको जनाएको छ ।

यसमा विशेष प्रकारको इन्जिनियरिङ टेक्निक र विशेष क्षमता एवं सिर्जजनशिलता रहेको जनाइएको छ । साथै निर्देशन मान्ने र सिनेम्याटोग्राफी भएको डीजीआई कम उचाई एरियल तस्विर लिनका लागि विशेष उपयोगी रहेको कम्पनीको भनाई छ ।

उत्पादक कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै आफ्ना उत्पादन बजारमा ल्याउदै गएको जनाउँदै लिटल स्माइल्सले जसले गर्दा जटिल प्रविधि पनि आफ्ना उत्पादनका सामग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको जनाएको छ । यसले क्यामेराअन्तर्गत पर्ने ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको भनाई छ ।

उसले ओश्मो पकेट र स्मार्ट कन्ट्रोलर यही क्यान इन्फोटेकबाटै आकर्षक छुटका साथ बजारमा आउन लागेको जनाएको छ । यी मोडलहरु स्मार्ट डोकोमार्फत अनलाइन पनि उपलब्ध गराएको छ । साथै कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फोटेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।

आइएफएस ग्रुपका प्रमुख कार्यकारी निर्देशकश्री दिकेश मलहोत्राले डीजीआई ड्रोन क्यामेरालाई आफूहरुले नेपाली बजारमा भित्राएको बताउँदै भिडियोग्राफी र फोटोग्राफीको बढ्दो मागभएको बिकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति आफूहरु एकदमै सकारात्मक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement