गरिमा विकास बैंकको खुद नाफा ५४.८१ प्रतिशतले बढ्यो

Advertisement




काठमाडौं। गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा खुद नाफा २७ करोड ९५ लाख रुपियाँ कमाएको छ।   गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५४.८१ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले बढी हो । गत आवको यसै अवधिमा बैंकले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।






समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाखबाट १० प्रतिशतले बढेर दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । यस्तै प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ २५ पैसाबाट २० रुपैयाँ ०५ पैसामा बढोत्तरी भएको छ ।

बैंकको सबै आम्दानीका सूचकहरु सन्तोषजनक हुदा खुद नाफासँगै प्रतिशेयर आम्दानीमा सुधार भएको हो । बैंकको जगेडा कोषको आकार ४६ करोड ९९ लाख रुपैयाँबाट ६५ करोड २६ लाख सञ्चित रहेको छ ।


Advertisement

Advertisement

Advertisement