ग्लोबल आइएमईले ल्यायो 'प्रोफेशनल कर्जा, बिना धितो १५ लाख सम्म ऋण पाइने

Advertisement

काठमाडौं।  ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी 'ग्लोबल आइएमई प्रोफेशनल कर्जा ग्लोबल आइएमई ' सञ्चालनमा ल्याएको छ । विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि सो कर्जा सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” बाट सेवाग्राहीले बिना धितो १५ लाख सम्म ऋण प्राप्त गर्न सक्नेछन् । सुलभ व्याजमा उपलब्ध गराईने कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

उक्त कर्जा सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने छ । आफ्नो पेशा व्यवसायको साथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुग्ने छ  । यस कर्जा नेपाल भरी फैलिएका बैंकका शाखा कार्यालयहरु मार्पmत उपलब्ध हुनेछ ।

बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरि साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको ।

बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement