नेपाल भ्रष्टाचार सूचकाङ्कमा १ सय २४ औं स्थानमा, सबैभन्दा कम भ्रष्टाचार हुने डेनमार्क

Advertisement

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ। नेपाल १८० देश मध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सीले सार्वजनिक गरेको रिर्पोट अनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ भने सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरु मध्ये सबैभन्दा बढि अंक ल्याएर भुटान कम भ्रष्टाचार हुन् मुलुक भएको छ भने अफगानिस्तान सबैभन्दा कम अंकसहित बढि भ्रष्टाचार हुने देश भएको छ । नेपालले पाकिस्तान, बंगलादेश र अफगानिस्तानको भन्दा बढि अंक प्राप्त गरेको छ । माल्दिभ्स र नेपालको समान अंक रहेको छ ।

भुटानले ६८ अङ्क प्राप्त गरी २५ औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ७८ औं स्थान, श्रीलंका ३८ अङ्क प्राप्त गरी ८९औं स्थान, पाकिस्तान ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, मालदिभ्स ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, नेपाल ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङलादेश २६ अङ्क प्राप्त गरी १४९ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७२ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीन ३९ अङ्क प्राप्त गरी ८७औं स्थानमा रहेको छ ।

सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल मापन गरेको थियो। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अङ्कप्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक भएको छ ।

Advertisement

Advertisement

Advertisement