विरोधपछि काँग्रेस नेताहरुको नाममा रहेका अस्पताल सरकारले संघमा ल्यायो

Advertisement

काठमाडौं । आफ्न नेताहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको नाममा रहेका अस्पतालहरु छुट्टाएर अरु अस्पतालहरुलाई संघअन्तर्गत ल्याएको सरकारले काँग्रेसको चर्को विरोधपछि ती अस्पताल पनि संघमा ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको हो । बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

आफ्ना नेताको नाममा रहेका अस्पताललाई केन्द्रबाट हटाएर खारेजीको प्रक्रिया लान खोजेको भन्दै कांग्रेसले सदन र सडक तताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । मुख्य यही विषयलाई लिएर काँग्रेसले सदन अवरोध गर्दै आएको छ । उसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनको माग गरे पनि यस विषयलाई मुख्य प्राथमिकता बनाएको देखिन्न् ।

Advertisement

Advertisement

Advertisement