रेनो डस्टर आरएक्सएस नेपाली बजारमा

Advertisement

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालि (बिशाल ग्रुपको साहयक कम्पनी)ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा ल्याएको छ ।

नक्सालस्थित शोरुममा मंगलबार यसको बिक्री शुभारम्भ गरिएको हो । फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण सुरु गरेको थियो । रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध छ ।

यसमा स्मार्टफोन भ्वाइस पहिजान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र सात इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको जनाउँदै कम्पनीले आरएक्सएस संस्करणमा डियोल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेको जनाएको छ ।

यस गाडिमा स्टिरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ । डस्टर आरएक्सएस संस्करण १.५ डीसीआई इन्जिनद्वारा संचालित छ जसले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ ।

यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु छन् ।

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ । यसमा अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वासिलो पहुँच योग्य प्रिमियम एसयूभी भएको जनाउँदै कम्पनीले यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएको जनाएको छ । डस्टर एक्सआरएसले दम्दार प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्ने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement