मुक्तिनाथ विकास बैंकको नाफा ५३ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं।  मुक्तिनाथ विकास बैंकले चालु आवको दोश्रो त्रैमाससम्मको अवधिको फाइनान्सियल रिपोर्ट सार्वजनिक गरेको छ।  बैंकले यस अवधिमा  ४० करोड ४८ लाख रुपियाँ खुद नाफा कमाएको छ। मुक्तिनाथले अघिल्लो वर्षको सोहि अवधिमा २६ करोड ४३ लाख मात्र नाफा कमाएको थियो।  बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा  ५३ दशमलव १३ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी ५३ दशमलव ८३ प्रतिशतले बढेर ८५ करोड ८७ लाख पुगेको छ । बैंकले ३८ अर्ब १३ करोड ८२ लाख निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३२ अर्ब ९७ करोड ८१ लाख रुपियाँ  बराबरको कर्जा लगानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५५ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पूँजी १८ दशमलव २५ प्रतिशतले बढेर ३ अर्ब ६ करोड ४७ लाख पुगेको छ भने जगेडा कोषमा ८५ करोड ४९ लाख रुपियाँ भएको छ ।

बैंकको चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा प्रतिशेयर आम्दानी २६ रुपियाँ ४२ पैसा पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी  २० रुपियाँ ४० पैसा थियो भने यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपिपैयाँ ८९ पैसा रहेको छ।

Advertisement

Advertisement

Advertisement