युनिलिभरको सेयर एकैदिन १२०० अंकभन्दा बढिले घट्यो, कारण– पतञ्जली

Advertisement

काठमाडौं । पछिल्लो समय लगातारजसो घट्दै आएको युनिलिभर नेपाल लिमिटेडको सेयरमा बुधबार भारी गिरावट भएको छ । यो कम्पनीको सेयर आज एकै दिन एक हजार २०३ अंकले घटेर १९ हजार २७२ कायम भएको छ ।

पतञ्जलीका उत्पादनहरुका कारण युनिलिभरका उत्पादनहरुमा भारी गिरावट भएपछि यस कम्पनीको सेयर तीब्ररुपमा घट्न थालेको हो । सेयर मूल्यका हिसावले सबैभन्दा महंगो रहेको युनिलिभरको सेयर पाँच दशमलव ८७ प्रतिशतले घटेको छ ।

सेयर बजार परिसुचक नेप्से भने आज शुन्य दशमलव ४० अंकले मात्रै घटेको छ भने कारोबार अझै घटेर १९ करोड २० लाख रुपियाँमा सीमित भएको छ । उत्पादनमूलक समूहको उपसुचक तीन प्रतिशतभन्दा बढिले घटेको छ ।

Advertisement

Advertisement

Advertisement