एनएमबि बैंकले वन टू वाचका लगानी कम्पनीहरूमा ब्रिज फाइनान्सिङ गर्ने

Advertisement

काठमाडौं । एनएमबि बैंक र वन टू वाचबीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्थासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङबीच बुधबार सम्झौता भएको हो । सम्झौताअनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङअन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।

वन टु वाचले लगानीका अवसर र सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ । एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउने छ ।

यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement