जिआइसि र एनसीसी बैंकबीच बैङ्कासुरेन्स सेवा सम्झौता

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड ( जिआईसि नेपाल) र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच  बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने जानकारी उक्त बैंकले दिएको छ ।

Advertisement

Advertisement

Advertisement