३ वटा परौँठा ५० मिनेटमा खाईसके जीवनभर सित्तैमा खान पाइने

Advertisement

एजेन्सी । परौंठा प्रति मानिसहरुको बढ्दो आकर्षण देखेर छिमेकी मुलुक भारतमा परौंठा व्यापारीले यस्तो योजना ल्याएका छन् जो सुन्दैमा अचम्म लाग्छ ।

भारतको हरियाणाको रोहतकमा खुलेको तपस्या परौंठा जक्सन खाजाघरले यस्तो अफर ल्याएको हो । उक्त अफर अनुसार, यदि कसैले ५० मिनेटमा ३ वटा परौंठा खान सकेमा त्यस व्यक्तिलाई जीवनभर सित्तैमा परौंठा खान दिइनेछ ।यहाँ विश्वकै सबैभन्दा ठूलो आकारको परौंठा खान पाइन्छ । परौंठाको आकार २ फिट र एक किलो वजनको हुन्छ । दिनहुँ हजारौंको संख्यामा मानिसहरु परौंठा खान त्यहाँ आउँछन् । एउटा परौंठाको मूल्य डेढसय देखि साढे ३ सय भारुसम्म पर्दछ । ५० मिनेटमा ३ वटा परौंठा खान सकेमा जीवनभर सित्तैमा परौंठा दिने अफरपछि खाजाघर झनै चर्चित बनेको छ ।

धेरै मानिसहरु उक्त अफर जित्नका लागि परौंठा खाने प्रयास गर्दछन् तर ५० मिनेटमा ३ वटा परौंठा खाने मानिस जम्मा २ जना मात्र रहेकाछन् । रोहतकका अश्विनी नामक व्यक्तिले ४० मिनेटमा ३ वटा परौंठा खान सके भने मध्य प्रदेशका महाराज नामका व्यक्तिले ५० मिनेटमा ४ वटा परौंठा खाई तपस्या परौंठा जक्सनमा जिन्दगीभर सित्तैमा परौंठा खान पाउनेभएका छन् ।

Advertisement

Advertisement

Advertisement