आज पनि काँग्रेसको संसद अवरोध, चिकित्सा शिक्षा विद्येयक संशोधनको माग

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले बिहीबार पनि संसद अवरोध जारी राखेको छ । यसअघि चिकित्सा शिक्षा विद्येयक डा. गोविन्द केसीसँग सम्झौता भएअनुसार पास गर्न माग गर्दै आएका काँग्रेसले आज एकसाता अघि पास भएको उक्त विद्येयक संशोधनको माग गर्दै अवरोध गरेको हो ।

कांग्रेसको अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक माघ २० गतेलाई तोकिएको छ । आज दिउसो १ बजे सुरु भएको बैठकमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले चिकित्सा शिक्षा विधेयकमा संशोधन गरी डा. गोविन्द केसीको जीवन रक्षाको वातावरण नभएम्म संसद चल्न नदिने स्पष्ट पारे ।

उनले सरकारले लोकतान्त्रिक प्रक्रिया मिचेर जबरजस्ती विद्येयक पास गरेको भन्दै वार्ताबाट यस समस्याको समाधान नभएसम्म बैठक चल्न नदिने बताए । रिजालले बोलेपछि कांग्रेस सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका थिए ।

आजको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७५, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन, विधेयक२०७५), भूउपयोग विधेयक २०७५ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रस्तुत हुने कार्यसूची थियो ।

Advertisement

Advertisement

Advertisement