शाखा विस्तारमा 'एग्रेशिभ' बन्दै ज्योति बैंक, एकैदिन पाँच नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले एकैपटक ५ ठाउँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटबाट बुधबारदेखि बैंकिङ कारोबार सुरु गरेको छ । नयाँ थपिएसँगै ज्योतिको शाखा कार्यालयहरु ८५ वटा पुगेका छन् । यस्तै, बैंकले २२ वटा एटीएम सेवा दिइरहेको जनाएको छ ।

यसै आर्थिक वर्षभित्र थप ५ वटा नयाँ शाखा तथा २७ स्थानमा एटीएम सेवा सुरु गर्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ । ज्योतिले हाम्रो बिकास बैंकलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गर्ने तयारी गरिरहेको छ ।

हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत  २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रुपियाँ कायम रहेको छ ।  त्यस पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement