ग्राहकबाट अग्रिम रकम नलिन ब्रोकर कम्पनीहरुलाई नेप्सेको निर्देशन

Advertisement

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बिक्री आदेशमा ग्राहकबाट अग्रिम रकम नलिन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । सेयर बिक्री आदेशमा अग्रिम रकम लिनु गैरकानुनी भएको भन्दै नेप्सेले त्यस्तो निर्देशन दिएको हो ।

विनियमावलीको विनियम ८ (१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ ।  केही ब्रोकरहरुले बिक्री आदेशमा पनि अग्रिम रकम लिएपछि नेप्सेले कानुन विपरित नगर्न निर्देशन दिएको हो ।

Advertisement

Advertisement

Advertisement