टीट्‍वान्टी शृङ्खलाको पहिलो खेलमै नेपाललाई धक्का, यूएईसँग २१ रनले पराजित

Advertisement

काठमाडौं । टीट्‍वेन्टी शृङखला अन्तर्गत बिहीबार दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा भएको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग २१ रनले पराजित भएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिममा २१ रनले पराजित हुन पुगेको हो । यो पराजित भएसँगै नेपाल शृंखलामा १-० ले पछि परेको छ।

टस जिती फिल्डिङ रोजेको नेपालले घरेलु टोली यूएईलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रनको योगफलमा रोकेको थियो। तर जवाफी खेलमा नेपालले निर्धारित ओभरमा सात विकेट गुमाउँदा एक सय ३२ रन मात्रै जोड्न सक्यो ।

सन्दीप जोहराको उत्साहजनक प्रदर्शन हुँदा पनि अन्य खेलाडीहरुको प्रदर्शन फितलो हुँदा नेपालको जित संभव हुन् सकेन् । जोहराले आफ्नो डेब्यू खेलमै अविजित ५३ रनको अर्धशतक प्रहार गरेका थिए । उनीपछि सोमपाल कामीले २७ तथा कप्तान पारस खड्काले २५ रन मात्रै जोड्न सकेका थिए ।

प्रदीप ऐरी खेलको पहिलो बलमै आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल सात रन, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र करण केसी समान चार रनमा आउट भएका थिए । चर्चित खेलाडी सन्दीप लामिछाने भने जम्मा दुई रन मात्रै बनाउन भ्याए ।

Advertisement

Advertisement

Advertisement