जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड, ब्राण्ड एम्बेसडर धुर्मुस सुन्तली

Advertisement

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ ।जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरेका हुन् ।कार्यक्रममा सद्भावना दूत धुर्मुसले प्रविधिबाट गोल्ड छडको सद्भावना दूत बनेर राष्ट्र निर्माणमा जोडिन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा जगशक्ति गोल्डका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परंपरागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए ।

जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ । यस छडमा कार्वन, सल्फर र फसफोरसको मात्रा कम हुने तथा यसले गर्दा स्टिल सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ । यस छडलाइ पुल, बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनाहरूमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

जगदम्बा इन्टरप्राइजेजले विभिन्न प्रकारका कालो पाइप, जिआइ (फलामे) पाइप, विद्युतीय पोल, सटर प्रोफाइका साथै स्ट्रक्चरल पुल, ट्रससमेत उत्पादन तथा जडान गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement