धादिङको ज्वालामुखीमा मेगा बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  मेगा बैंकले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित साँध भन्ज्याङमा नयाँ शाखाको औपचारिक उदघाटन गरेको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए ।  राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।

मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ र २३ सयभन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत बैंकिङ सेवा प्रदा नगदैृ आएको छ ।

Advertisement

Advertisement

Advertisement