आयो नूनको बिक्री मूल्यमा एकरुपता नहुँदा उपभोक्ता मारमा

Advertisement

वीरगञ्ज ।  सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् ।
उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो २० रुपियाँसम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि रु २५ सम्ममा बेच्ने गरेकाले उपभोक्ता ठगिँदै आएका हुन् ।

डिलरले ढुवानी खर्चका नाममा सरकारले तोकेको बिक्री मूल्यभन्दा प्रतिकिलो रु पाँचसम्म बढी मुनाफा लिएर बेच्ने गरेकाले सर्वसाधारण ठगिँदै आएको वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवाका उपभोक्ता शेषमन पण्डितको भनाइ थियो ।

नेपालमा आयोडिनयुक्त नूनको भाउ नबढेको करीब चार वर्ष भएको छ तर पनि डिलरले बढी मूल्य लिएर बेच्ने गरेको आफूलाई थाहा नभएको उल्लेख गर्दै अञ्चल प्रबन्धक अमोज लामिछानेले बताए 'भाडा दर तथा ढुवानी खर्चिलो भएकाले डिलरले बढी मूल्यमा नून बेच्ने गरेका हुन् ।'

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण भारतबाट आउने सस्तो मूल्यको नून प्रयोग पर्साको दुर्गम तथा सीमावर्ती गाउँमा बढी प्रयोग हुने गरेको छ । जिल्लाको दुर्गम गाउँसम्म आयोडिन नून पुग्न नसक्दा भारतीय नून खान सीमावर्ती गाउँका बासिन्दा बाध्य भएको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले बताए।

उक्त कार्यालयले आयोडिनयुक्त नूनको कमीबाट हुने विभिन्न रोग तथा विकृति सम्बन्धमा प्रत्येक वर्ष जनचेतनामूलक कार्र्यक्रम गरे पनि डिलरले सुदूरग्रामीण तथा दुर्गम गाउँसम्म आयोडिन नून पु¥याउन नसकेकाले बाध्य भएर सीमा क्षेत्रका बासिन्दा भारतीय नून प्रयोग गर्न बाध्य भएको उपभोक्ता दिनेशप्रसाद कानुको भनाइ थियो ।
उक्त कार्यालयले जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ मा एक लाख तीन हजार ६३४ बोरा तथा आर्थिक वर्ष २०७४÷०७५ मा एक लाख ४३ हजार बोरा आयो नून बिक्री गरेको थियो ।

Advertisement

Advertisement

Advertisement