देउवापछि पूर्वराष्ट्रपतिले गरे डा. केसीलाई अनशन तोड्न आग्रह

Advertisement

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवापछि पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि अनसनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

स्वास्थ्यस्थित नाजुक बन्दै गएको बेला पूर्वराष्ट्रपति यादवले शुक्रबार केसीलाई भेटी अनशन तोड्न आग्रह गरेका हुन् । बिहीबार देउवाले त्यस्तो आग्रह गरेका थिए । आफसँग गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउने सरकारले तयारी गरेपछि डा. केसीले १६औं चरणको अमरण अनशन सुरु गरेका थिए ।

तर संसद र सडकमा समेत विरोध भइरहेको बेला सरकारले पेलेर उक्त विद्येयक पास गरेको थियो । विद्येयक पास भएपछि पनि अनशन जारी राखेका केसीको स्वास्थ्य अवस्था बुझ्न यादव आज टिचिङ अस्पताल पुगेका हुन् ।

भेटको क्रममा यादवले अनसन तोड्न आग्रह गर्दै असल कामका लागि भएको सत्याग्रहलाई अन्य ढंगबाट जारी राख्न सल्लाह दिए । राम्रोसँग कुराकानीसमेत गर्न नसक्ने अवस्थामा पुगेका केसीको अनशन २४ औं दिनमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement