हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस डिस्चार्ज, खानपानमा ध्यान दिन सल्लाह

Advertisement

काठमाडौ । पाटन अस्पताल क्षेत्रमा घुम्ने क्रममा गएको आइतबार हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज भएका छन् । उनको यो तेस्रो हृदयघात हो । स्वास्थ्यमा सुधार आएपछि पारसलाई डिस्चार्ज गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना हुँदा उनलाई भेटन आमा कोमल, बहिनी प्रेरणा आए पनि श्रीमती हिमानी थाइल्याण्डमा भएकाले आउन नसकेको जनाइएको छ । डिस्चार्ज भएका पारसलाई लिन बहिनी प्रेरणालगायतका आफन्तहरु शुक्रबार अस्पताल पुगेका थिए ।

उपचारका क्रममा पारसको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको जनाइएको छ । सामान्य हिड्डुल गर्न सक्ने अवस्थामा रहेका पारसलाई घरमै आराम गर्न भनिएको छ । साथै, उनको खानपान पनि ध्यान दिन र नियमित औषधि सेवन गर्न अस्पतालले परिवारलाई सल्लाह दिएको छ ।

Advertisement

Advertisement

Advertisement