पोखरामा नेविसंघले जलायो सरकारी गाडि

Advertisement

पोखरा । विपक्षी दल काँग्रेसको भातृ संगठन नेविसंघले शनिबार बिहानै कास्कीमा सरकारी गाडी जलाएको छ। पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको बा १ झ ५८७९ नम्बरको गाडि नेविसंघले जनाएको हो ।

नेविसंघले सरकाराको विरोधमा कार्यक्रमहरु गर्दै आएको बेला सार्वजनिक विदाको दिन चलाइएको गाडि जलाइएको हो । कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार सरकारी गाडि जलाइएको पुष्टि गरे पनि कस्ले जलाएको हो ? खुल्न सकेको छैन् । सेतो स्कुटरमा आएका यूवाहरुले गाडी जलाएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

यता नेविसंघ पृथ्वीनारायण क्याम्पसले सार्वजनिक विदाको दिन सरकारी गाडि दुरुपयोग गर्न नदिन केन्द्रको परिपत्र आफूहरुलाई रहेको जानकारी गराएको छ । उद्यपी उसले गाडिमा आगजनी आफूहरुले गरेको अहिलेसम्म स्वीकार गरेको छैन।

Advertisement

Advertisement

Advertisement