नेपाल बैंकको नाफा घट्यो

Advertisement

काठमाडौं ।नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अवधि सम्ममा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकले शनिबार सार्वजनिक गरेको फाइनान्सियल रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा  १ दशमलव ४० प्रतिशत  मात्र धेरै हो । गत वर्ष बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष वितरण योग्य नाफा १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपियाँ थियो । खुद ब्याज आम्दानी ७ दशमलव ७१ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७२ लाख ४९ हजार रुपियाँ पुगेको छ । गत वर्ष नेपाल बैंकले २ अर्ब ९४ करोड ३ लाख २९ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ अर्ब ८३ करोड रुपियाँबाट बढोत्तरी गरेर २ अर्ब ३१ करोड २४ लाख ९१ हजार रुपियाँ पुर्याएको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख रुपियाँ गरेको छ भने ८५ अर्ब ७९ करोड ८४ लाख रुपियाँ बराबरको कर्जा परिचालन गरेको छ । गत वर्ष पुसमा बैंकको निक्षेप संकलन ९१ अर्ब ८९ करोड ८६ लाख र कर्जा लगानी ७८ अर्ब ७१ करोड २ लाख रुपियाँ बराबरको प्रवाह गरेको थियो ।

हाल यसको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपियाँ छ । रिजर्भ कोषमा १९ अर्ब ६५ करोड १४ हजार रुपियाँ रहेको छ । प्रतिसेयर आम्दानी ३३ रुपियाँ ८७ पैसा रहेको नेपाल बैंकको प्रतिसेयर नेटवर्थ ३०० रुपियाँ २८ पैसा छ ।

Advertisement

Advertisement

Advertisement